हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्षबहादुर न्हुच्छे प्रधान र २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गरिने 

काठमाडौँ । नेपाल जनप्रशासन संघले हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्षबहादुर न्हुच्छे प्रधानलाई र २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गर्ने निर्णय रहेको छ । संघले वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई सम्मानपत्र सहित नगद रु २ लाख प्रदान गर्दैआएको छ ।
गोरक्ष बहादुर न्हुच्छे प्रधानले झन्डै चार दशक सरकारी सेवामा प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिले प्रमुखकारुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको भन्दै कदर स्वरूप  सम्मान प्रदान गर्ने निर्णय गरिएको नेपाल जन–प्रशासन संघको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै भानु प्रसाद आचार्यलाई महालेखानियन्त्रक, अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा पशीक्षककोरुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको कदर स्वरूप सम्मान गर्न लागिएको उल्लेख छ ।
उक्त सम्मान छनाेटका लागि पूर्व गभर्नर एवं सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका तत्कालीन अध्यक्ष कल्याण गोविन्द श्रेष्ठ, पूर्व सचिवद्वारा पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेका थिए ।
होटल र्याडिशनमा विशेष समारोह आयोजना गरेर वि.सं २०८० साउन ३ गते बुधबार उपराष्ट्रपतिबाट पुरस्कार प्रदान गरिनेछ । उक्त सम्मान प्राप्त गर्ने प्रधान अठारौँ र आचार्य उन्नाइसौँ व्यक्ति हुन् । यसअघि १७ जना व्यक्तिले हेमबहादुर मल्ल पुरस्कार पाइसकेका छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =