डोलेश्वरमा बढे धार्मिक पर्यटकः मन्दिरको आम्दानी पनि बढ्यो

काठमाडौं । साउने सोमवारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तिब्र पारिएको छ ।

डोलेश्वर संरक्षण समितिको तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पुर्‍याइएको हो । मेलामा आउने पर्यटक र भक्तजनहरुलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिको तर्फबाट काम अन्तिम चरणमा पु¥याइएको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।

उनले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमवारको मेलाका लागि सबै तयारी लगभग सकिएको र भक्तजनहरुले हजै डोलेश्वर महादेवको दर्शन गरेर जानसक्ने व्यवस्था मिलाइएको बताए ।

उनले डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दु भक्तजनहरु उल्लेख्य आउन थालेको बताए । उनका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको बताए ।

उनले पर्यटको वृद्धिसँगै सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को आर्थिक आय आर्जनमा समेत उल्लेख्य सहयोग पुगेको बताए ।

अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिना यता मासिक डेढ लाखसम्मको भेटी, दक्षिण र दान प्राप्त हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =