बालुवाटारमा सीता दाहालप्रति श्रद्धाञ्जली, कलाकारदेखि कुटनीतिज्ञसम्म पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले बुधबार निधन भएकी पत्नी सीताको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन् । साथै उनीहरूले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड, माओवादी केन्द्रका नेताहरू पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न पार्टीका नेताहरूले बालुवाटार पुगेर दिवङ्गत सीताको तस्वीरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

बिहीबार नै शुभेच्छुक तथा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, नेपालका लागि बङ्गलादेश, इजराइल, श्रीलङ्का, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =