यस्तो छ राष्ट्रिय सभाको बैठकको कार्यसूची
२०८० असार २८ गते

काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै छ । यसअघि हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजे बस्नेछ ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदै छ ।
त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
२०८० असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








