सीता दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ ।
प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधवार बिहान ८ : ३३ बजे निधन भएको हो । आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताइन् ।
उनले भनिन् ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुखद् घडीमा सम्माननीय प्रधानमन्त्रीज्यु, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ । संवत २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रही समाज रूपान्तरणका लागि भएका सशस्त्र सङ्घर्ष लगायतका सबै खाले आन्दोलनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी स्वर्गीय दाहालको निष्ठा, त्याग र संर्घषमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । र दोस्रो निर्णयको रूपमा दिवंगत सीता दाहालको अन्त्यष्टीको समयमा राजकीय सम्मान स्वरूप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।’
मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =