भारतमा पहिरोमा परेर नेपालका एकै परिवारका तीन जनाको ज्यान गयो

भारतमा पहिरोमा परेर नेपालका एकै परिवारका तीन जनाको ज्यान गएको छ।

हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरीएर रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय छोरा मोहन वलीको सोमबार ज्यान गएको आफन्तले जानकारी दिएका छन्।

तीन चार दिनदेखि अविरल वर्षा हुँदा कोठाभित्रै रहेका बेला उनीहरु पुरिएका हुन्।

आमा भिमा र छोरा मोहन २२ दिनअघि मात्रै त्यहाँ पुगेका थिए। देवबहादुर भने ८ महिनादेखि भारतमै थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =