राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिन्छ : मन्त्री साउद
२०८० असार २५ गते

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विभिन्न देशमा रिक्त राजदूत नियुक्तिको प्रक्रिया चाँडै टुंगिने बताएका छन् ।
सोमवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजदूत नियुक्तिको बारेमा निर्देशिकामा स्पष्ट रूपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको कार्यविधि रहेकाले सोही अनुसार अघि बढाउने बताए ।
उनले राजदूत नियुक्तिको लागि सरकार छलफलको चरणमा रहेको बताए ।
उनले भने ‘राजदूत नियुक्तिको बारेमा अब हाम्रो निर्देशिकामा स्पष्ट रूपमा ५० प्रतिशत कर्मचारी परराष्ट्र सेवाबाट र ५० प्रतिशत कर्मचारी बाहिरबाट दिने किसिमको हाम्रो कार्यविधि छँदैछ । सो अनुरूप यथाशीघ्र राजदूत नियुक्तिको प्रक्रिया थाल्नेछु । गम्भीर छलफलको चरणमा छौ, चाँडै सम्पन्न हुनेछ ।’
मन्त्री साउदले यथाशीघ्र राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने पनि बताए ।
२०८० असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








