मुख्यमन्त्री थापाले लिए शपथ, माओवादीले पठाएन मन्त्री

विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई प्रदेश प्रमुख परशुरामखापुङले पद गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री सहित चार जनाले शपथ गर्ने तयारी गरेको थियो तर, माओवादीले मन्त्री नपठाएपछि मुख्यमन्त्री सहित ३ जनाले शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट प्रदीपकुमार सुनार र एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु मन्त्री भएका छन् । नेकपा माओवादीबाट जीवन आचार्यलाई पनि मन्त्री बनाउने तयारी भएको भएपनि माओवादीबाट कोही उपस्थित भएनन् ।

कोशी प्रदेशको शपथ ग्रहण मै विवाद देखिएको छ । नेकपा माओवादीभित्र विवाद भएपछि शपथमा नआएसँगै सरकारको भविष्य नै अन्यौलता परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *