कोशीमा सभामुखसमेतको समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

कांग्रेस–माओवादीसहितकाे गठबन्धनका तर्फबाट कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एसका ४, जसपाका १ र माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको समेत समर्थनमा उनलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले बिहीबार अपराह्न ५ बजेसम्मको समय दिएका थिए । सोही समयभित्र बहुमत नपुगेपछि सभामुखले समेत समर्थन दिएका हुन् ।

९३ सदस्यीय प्रदेश सभामा सरकार निर्माण गर्न ४७ सांसदको बहुमत चाहिन्छ । गठबन्धन दलसँग बहुमतका लागि १ जना सांसद अपुग हुँदा उनीहरुले सभामुखकाे सहयोग लिएका छन् । यद्यपी, नेकपा एमालेलेले भने सभामुखको हस्ताक्षर गराउनु असंवैधानिक हुने बताउँदै यसको विरोध गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *