सभामुखसमेतको हस्ताक्षर गराएर उद्धव थापाद्वारा कोशीको मुख्यमन्त्रीमा दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बहुमत सांसदको हस्ताक्षरसहितको पत्र सभामुखलाई बुझाएका छन् ।

गठबन्धनका तर्फका तर्फबाट कांग्रेसका २९, माओवादी केन्द्रका १२, नेकपा एसका ४, जसपाका १ र माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको समेत समर्थन रहेको हस्ताक्षरसहितको पत्र उनले प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका हुन् ।

नेकपा एमालेलेले भने सभामुखको हस्ताक्षर गराउनु असंवैधानिक हुने बताउँदै यसको विरोध गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *