दोहोरो नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

दोहोरो नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार साँझ यादवलाई पक्राउ गरेर हिरासतमा राखिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार उपमेयर यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको आरोप छ।

डाकनेश्वरी नगरपालिका ४ का कृष्णकुमार यादवले उजुरी समेत दिएका थिए।

अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न र अनुसन्धान गर्न अनुमति दिएको हो। उपमेयर यादवका पति महेन्द्र भने फरार छन् ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको उजुरीमा उल्लेख छ।

भारतीय आधारकार्ड र मतदाता नामावली समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *