कोशीमा विपक्षी गठबन्धन दललाई सरकार बनाउन सकस, २१ गते दावी पेश होला ?

विराटनगर । कोशी प्रदेशमा विपक्षी गठबन्धनले बिहिबार सरकार गठन गर्ने बारेमा दावी पेश गर्ने भएका छन् । केन्द्रीय गठबन्धनका शिर्ष नेताहरुका बिच काठमाडौँमा भएको छलफल पछि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अघि सारेपछि सरकार बनाउने विषय अगाडी आएको हो ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा मुख्यमन्त्री दावी गर्दै आएको थियो । केन्द्रीय नेताहरुले मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट थापालाई अघि सार्ने निर्णय गरेसँगै सरकार गठनको प्रक्रियामा बिहीबार दावी पेश गर्ने तयारीमा दलहरु लागेका छन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयलाई प्रदेशले पनि मानेर जानु पर्ने भएकोले त्यही अनुसार २१ गतेसम्ममा दाबी पेश हुने नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री दुर्गाप्रसाद चपागाईले बताए । उनले अब बन्ने सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउनकोलागि सबै लाग्नु पर्ने उल्लेख गरे । एक कार्यक्रममा बोल्दै उनले अब बन्ने सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अबस्थामा र संविधानको धारा १६८ ९३० अनुसार पनि स्थीरता नआउने भए कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने र सर्वदलीय सरकार गठन हुनेमा जोड दिए । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्बदलीय सरकार बनाएर जानकोलागि गरेको प्रस्तावको बारेलाई चापागाईले मुर्त रुप लिन नसकेको प्रतिक्रिया दिए ।

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनकालागि असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि गत पुस २४ गते गठन भएको नेकपा एमाले नेतृत्वको हिक्मतकमार कार्कीको सरकार ढलेको छ। संविधानको धारा १६८ को उपधारा (२) को अनुसार माओवादी, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० अन्तगत नै दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *