राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न नगर्ने ठेकदारलाई कडा कारबाही गर्नुपर्छ : सांसद देवकोटा

काठमाडौँ । राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो माग गरे । सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामाकरण नगर्न पनि सरकारलाई सचेत गराए । उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भिर बन्नुपर्ने आवश्यक्ता औँल्याए ।

सांसद देवकाटाले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरु अत्यन्तै भ्रष्टाचारले युक्त छन । चरम बेथितिमा छन । नेपाल विकासका आधारशीलाको रुपमा रहेको यी आयोजनाहरु समयमै सम्पन्न गर्न सक्ने हो भने कोशेढुंगा सावित हुनछ । तर यी आयोजनाहरु हामीले सम्पन्न गर्न सकिरहेका छैनौँ । राष्ट्रिय गौरवका आयोजनाहरु भन्ने तर समयमा सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाको नामाकरण नगरौँ भन्ने म निवेदन गर्न चाहन्छु । त्यसैले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्र्नेलाई पुरस्कार र नसक्नेलाई दण्डको व्यवस्था गर्न सक्यौं भने निश्चय नै समयमै सम्पन्न हुन्छ भन्ने मलाई लाग्दछ । त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ भन्ने मलाई लाग्दछ ।’

सांसद देवकाटाले निर्माणाधिन सडक आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *