बैंकले जनतालाई पीडा दिइराखेको छ : सांसद थापा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बैंकले जनतालाई ऋण नदिएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले बैंकले जनतामा ऋण लगानी नगरेको बताएका हुन् । उनले हरेक पालिकामा एउटा बैंक राखिएको भएपनि ती बैंकले जनतामा ऋण लगानी नगरेको उल्लेख गरे । उनले सडक छेउको जग्गामा बाहेक अन्य जग्गामा ऋण नदिने भन्दै बैंकले जनतालाई पीडा दिइराखेको बताए ।
उनले भने ‘व्यवस्थित गरेर लैजाने प्रक्रिया के हो ? राज्यले सोच्न सकेन । हिजो बैंक थिएन त्यही तरिकाले मान्छेले ऋण लिन जानुपर्थ्यो । अहिले त गाउँ, गाउँमा बैंक छन् । हरेक पालिकामा एउटा बैंक राखिएको छ । ती बैंकले जनतालाई ऋण लगानी किन गर्दैन ? बैंकले सडकको जग्गा बाहेक अन्त लगानी गर्दैन भनेर जनतालाई पीडा दिइराखेको छ । केही समस्या परेमा बैंकले दिँदैन । राज्य निरीह बनेको छ । अहिले राज्य गरिब छ । व्यक्ति धनी छ । त्यही व्यक्तिले बैंकको काम गरिरहेको छ । राज्यले त्यसलाई कसरी नियन्त्रण गर्ने हो । सम्पती करलाई पनि राज्यले ध्यान दिनुपर्छ ।’
उनले बैंकको सामु राज्य निरीह भएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seven =