कोशीमा नयाँ सरकार गठनका लागि ५ दलीय गठबन्धनले दाबी प्रस्तुत गर्ने

काठमाडौँ । मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसक्दा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । अब उक्त प्रदेशमा ५ दलीय गठबन्धले आफ्नो तर्फबाट मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमत पुर्याएर ५ दलीय गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने गठबन्धनका नेताहरुको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीमा कायम रहन एमाले नेतृत्वको सरकार हिक्मत कार्कीलाई ४७ जना सांसदको मत चाहिन्थ्यो । तर, उनलाई एमालेका ४० र राप्रपाका ६ गरी जम्मा ४६ सांसदले मात्र विश्वासको मत दिएका हुन् ।

अब नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी(जसपा)सँग(सभामुखबाहेक) ४६ सिट छ । सरकार गठनका लागि ४७ सिट आवश्यक छ । बहुमत पुर्याउने उनीहरुको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *