ढल्यो एमाले नेतृत्वको कोशी सरकार, मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा विश्वासको मत पाउन राखेको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ । उनले विश्वसाको मत पाउन नसक्दा नेकपा एमाले नेतृत्वको कोशी सरकार ढलेको छ ।

मुख्यमन्त्रीमा विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत प्राप्त गरे । तर, उनको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ४३ सांसदले मतदान गरे ।

९३ सदस्यीय प्रदेशसमाबाट विश्वासको बहुमत पाउन ४७ मत पाउनु पर्ने थियो । तर, जसपा तटस्थ बसेको थियो भने केही दुई सांसद अनुपस्थित रहेका थिए ।

कार्कीको नेतृत्वमा २४ पुसमा सरकार गठन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *