ओलीले रोपे छुपुमा छुपु हिलोमा धान (तस्बिरसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० औँ राष्ट्रिय धान दिवसको अवसरमा खेतमा धान रोपेका छन् । असार १५ मनाउन चितवन पुगेका ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा हात र मेसिनले धान रोपेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने कार्यक्रमको शुभारम्भ गरेका हुन् । शुक्रबार नै उनले धान दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कृषि प्रधान देश भएकैले भारतले ५ महिनासम्म नाकाबन्दी लगाउँदा पनि खाद्यान्नको समस्या नभएको बताएका थिए ।

धान रोपेपछि ओलीले किसानहरुसँग कुराकानी समेत गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत देशभरका सबै किसानलाई धान दिवसको शुभकामना समेत दिएका छन् । उनले लेखेका छन्–

‘छपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला !

राष्ट्रिय धान दिवसको हार्दिक शुभकामना !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *