असार १५ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं. असार १५, २०८० । ई.सं. ३० जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ । तछलागा पिङ्गल उत्तरायण ग्रीष्म । शुक्रबार आषाढ शुक्लपक्ष । तिथि दशमी २३:०० बजेसम्म, त्यसपछी एकादशी । नक्षत्र चित्रा १२:४० बजेसम्म, त्यसपछी स्वाती । योग शिव ०२:५२ बजेसम्म, त्यसपछी सिद्ध । करण तैतिल १०:५६ बजेसम्म, त्यसपछी गर २३:०० बजेसम्म, त्यसपछी वणिज । चन्द्रराशि तुला । नन्दादि योग काल । दिनमान १३:५० । सूर्योदय ५:१२ । सूर्यास्त १९:०२ । मन्वादि सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य २|११|३०|४० । चन्द्र ६|२|४१|४ । मंगल ३|२७|१७|१७ । बुध २|११|५९|३० । बृहस्पति ०|१५|४०|५१ । शुक्र ३|२३|३|२ । शनि १०|१०|६|५६ । राहु ०|५|५३|१३ । क्रान्ति उ २३|१८ । वेलान्तर (+)३:०६ ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजबाट रोकिएको कार्य पुन: सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कामकाज पनि सहज हुँदै जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट








