कोशी सरकार र पहिचान पक्षधर संघर्ष समितिबीचको वार्ता स्थगित

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीचको वार्ता स्थगित भएको छ । संघर्ष समितिले वार्तामा बस्न अस्वीकार गरेपछि वार्ता स्थगित भएको हो ।

प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएको थियो । तर एकै समयमा वार्ता बोलाइएकोले आफूहरु वार्तामा नसक्ने भन्दै संयुक्त समितिले विज्ञप्ति जारी गरेको हो ।

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्तामा बस्न अस्वीकार गरेको छ ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा संघर्ष गर्दैै आएका छन् ।

प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति २४ जेठमा गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो । दोस्रो चरणको वार्ता बुधबार गर्ने कार्यक्रम थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *