दुई नेपाली युवा भारतीय सुरक्षाकर्मीबाट मारिए

जनकपुरधाम । डकैती गर्न सीमावर्ती भारत पुगेका दुई युवकको भारतीय सुरक्षाकर्मीले ईन्काउन्टर गरेको खबर बाहिरिएको छ । भारतीय सुरक्षाकर्मीको ईन्काउन्टरमा परेर सर्लाहीका दुई युवाको मृत्यु भएको खबर बाहिरिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार भारतको पूर्वी चम्पारणको घोडासहन थानामा सुरक्षाकर्मीको गोली लागेर लालबन्दी नगरपालिका-२ पुनर्बास निवासी दुईजना युवाको मृत्यु भएको हो ।

आइतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

जवाफी कारबाही स्वरुप भारतीय सुरक्षाकर्मीको गोली लागेर डकैती समूहका दुईजनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ ।

मृत्यु हुनेमा सर्लाही लालबन्दी-२ पुनर्वासका २ युवा रहेको बताईएपनि स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेको छ ।

भारतीय सुरक्षाकर्मीको दाबी अनुसार फरार हुन सफल डकैती समूहका अन्य डेढ दर्जन युवाहरु नेपालतर्फ भागेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले भारतीय सुरक्षाकर्मीको कार्बाहीमा सर्लाहीका दुईजनाको मृत्यु भएको खबर सुनिएपनि आधिकारिक रुपमा थाहा नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *