आरजु राणा जापान प्रस्थान
२०८० असार ११ गते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा जापान प्रस्थान गरेकी छिन्।
जेठ ३० गते देउवासँग सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।
नेपाल फर्किएको तेस्रो दिन उनी जापान प्रस्थान गरेकी हुन्।
यसअघि २०७९ सालको भदौमा पनि उनी उपचारका लागि जापान गएकी थिइन्।
उपचारको फलोअपका लागि राणा जापान गएको उनी निकट कांग्रेसका एक नेताले जानकारी दिए।
२०८० असार ११ गते
प्रतिक्रिया
सम्बन्धित








