डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने 

काठमाडौँ । एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।
ग्राहकहरूको आग्रहमा कम्पनीले फेरी यो योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । यो योजना नेपालभर सीमित अवधिमात्र लागू हुने डिशहोम कम्पनीले बताएको छ ।
विगत १४ वर्ष देखि डिश मिडिया नेटवर्क लिमिटेड पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । डिशहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरू सँगै गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ जस अनुसार डिशहोमले ग्राहकहरूलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *