ललितपुरमा एक जना मिटरब्याजी पक्राउ, ३० लाख दिएर करोड बढी लिएको आरोप

३० लाख दिएर करोड बढी लिएको आरोपमा ललितपुरमा एक जना मिटरब्याजी पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका १४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीबिक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार ज्ञानेन्द्रले २०७५ पुस २४ गते ललितपुर(११ बस्ने ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ दिएका थिए।

सापटी रकम फिर्ता लिँदा भने उनले एक करोड २६ लाख रुपैयाँ सावा भन्दा बढी लिएर अनुचित लेनदेन गर्न नहुने कसुर गरेको प्रहरीले जनाएको छ। त्यसरी अनुचित लाभ लिएको भन्ने उजुरी परेपछि परिसरले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो।

उनलाई ललितपुर १४ जुपिटरटोलस्थित घरबाट पक्राउ गरिएको थियो।

उनको घरमा प्रहरीले तलासी लिँदा ७ करोड २९ हजार ७७ हजार बराबरको विभिन्न व्यक्तिहरूको नामको तमसुक २३ वटा बरामद भएको थियो। ती तमसुक कतिपय वडाबाट प्रमाणित भएका, केही नभएका र केही म्यान नाघेका थिए।

त्यस्तै विभिन्न बैंक तथा सहकारी समेतको एक करोड ३४ लाख रुपैयाँ बराबरको ३२ वटा चेक, ६ वटा चेकबुक र लालपुर्जा समेत उनको घरबाट बरामद भएको छ।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =