चोरेको खर्चले अष्ट्रेलिया जाने तयारीमा रहेका जोडी पक्राउ

काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको कलंकी नजिकै रहेको सोल्टीसिटी अपार्टमेन्टमा बस्ने काठमाडौं १ नक्सालका ३९ वर्षीय सुवोध श्रेष्ठ र उनकी प्रेमिका काठमाडौं १६ की १९ वर्षीया रोशनी महर्जनलाई पक्राउ ललितपुर प्रहरीले पक्राउ गरेको हो।

जेठ २८ गते ललितपुरको मानभवनस्थित ग्लोवल लिंक टेक्नोलोजीमा चोरी भएपछि उनीहरुको खोजि भएको थियो। अनुसन्धानका क्रममा उनीहरुले काठमाडौं र ललितिपुरका विभिन्न स्थानमा चोरी गरेको खुलेको छ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धीबिक्रम शाहका अनुसार उनीहरू दुबै जना लिभिङ टुगेदर बस्ने र मिलेर चोरी गर्ने गरेको पाइएको छ।

दुवै जना चोरीमा संलग्न रहेको सीसीटीभी फुटेजबाट पनि पुष्टि भएको प्रहरीको दाबी छ। सुवोध यसअघि पनि चोरीकै मुद्दामा ९ महिना जेल बसेर छुटेको तथ्य फेला परेको छ।

उनीहरूले चोरी गरेका सामान हाम्रो बजार डट कममा हालेर बेच्ने गरेको खुलेको छ। उनीहरूले चोरी गरेकै पैसाले अपार्टमेन्टलाई मासिक ६० हजार भाडा तिर्ने गरेको र अन्य खर्च चलाउने गरेको बताएका छन्।

यस्तै उनीहरु अष्ट्रेलिया जाने तयारी गरिररहेको पनि खुलेको छ। त्यहाँ जान लाग्ने खर्च जुटाउनका लागि पनि आफूहरु चोरीमा लागेको प्रहरीलाई बयान दिएका छन्।

प्रहरीले उनीहरूबाट ११ वटा ल्यापटप, मोबाइल र अन्य आइटीका सामानहरू बरामद गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =