चट्याङ पर्दा हर्पनका देवबहादुर विक बिते
२०८० असार १० गते

पोखरा । कास्कीमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पोखरा २३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमा चट्याङ पर्दा मृत्यु भएको हो ।
घरको ढोका लगाउने क्रममा अचानक चट्याङले लागेको प्रहरीले जनाएको छ । विकलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पठाइएकोमा उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् ।
२०८० असार १० गते
प्रतिक्रिया
सम्बन्धित








