पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नीको निधन
२०८० असार ८ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।
उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन् ।
दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन् । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
२०८० असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








