सानीमा बैङ्कका ग्राहकलाई नागरिक कम्युनिटी टिचिङ्ग अस्पतालमा छुट

काठमाडौँ । सानीमा बैङ्कले ग्राहकहरूलाई नागरिक कम्युनिटी अस्पतालमा छुटको व्यवस्था गरेको छ । आफ्ना ग्राहकहरूलाई डिजिटल बैङ्किङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्नका लागि बैङ्कले छुट गरेको हो ।

उक्त व्यवस्था अन्तर्गत सानीमाको भिजा डेभिड/क्रेडिट कार्ड र सानीमाको मोबाइल बैङ्किङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ ।

नागरिक कम्युनिटी टिचिङ्ग अस्पताल गठ्ठाघर, भक्तपुरमा छुट दिइएको हो । सानीमा बैङ्कका ग्राहकहरूले औषधी र अपरेसन शुल्कमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कमा १५ प्रतिशत छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =