भारतीय र्‍यापर हनी सिंहलाई ज्यानको धम्की

काठमाडौँ । भारतीय गायक तथा र्‍यापर हनी सिंहलाई ज्यानको धम्की आएको छ । अहिले क्यानाडामा रहेका ग्याङस्टार गोल्डी बरारले र्‍यापर सिंहलाई ज्यानको धम्की दिएका हुन् ।

आज तककाअनुसार गोल्डीले हनीलाई एक धम्कीपूर्ण भ्वाइस सन्देश पठाएका छन् । सन्देश पाए पछि हनीले दिल्ली प्रहरीको विशेष सेलमा उजुरी दिएका छन् । हनीले उक्त भ्वाइस सन्देश प्रहरीलाई बुझाएका छन् । प्रहरीले गायकले दिएको उजुरीका आधारमा छानबिन सुरु गरिसकेको छ ।

गोल्डी बरार त्यही ग्याङस्टार हुन्, जसको नाम पञ्जाबी गायक सिद्धू मूसेवालाको हत्यामा जोडिएको थियो । गोल्डीले लरेन्स विश्वनोई जस्तो कुख्यात ग्याङस्टारसँग मिलेर सिद्धुको हत्याको योजना बनाएका थिए ।

हनीले सन् २००५ मा संगीतकारका रुपमा करियर सुरु गरेका थिए । धेरै हिट गीत र रयापबाट पहिचान बनाएका हनी लागुऔषधको लतमा फँसेका थिए । त्यसपछि उनलाई बाइपोलर डिसअर्डर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *