अन्तर्राष्ट्रियस्तरको राहदानी बनाउने निर्णय कार्यान्वयन हाेस् : नेता सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेर कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा बेवास्था गर्नु जायज नभएको बताए । उनले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए ।

उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको भन्दै बलियो बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले  १०६ मा झरेको बताए ।

उनले भने, ‘टेक्नोलोजी एकदमै फास्ट परिवर्तन भइरहेको छ । कागजी राहदानीबाट विद्युतीय राहदानीमा जाने निर्णय सरकारले गरिसकेपछि निर्णय कार्यान्वयन गर्नको लागि वास्था नगर्ने हो की ? सरकारले निर्णय अन्तर्राष्ट्रिय स्ट्याण्डरको गर्ने तर लागू गर्ने बेलामा समस्याहरू देखाउनुपर्ने अनि जनताले मार खानुपर्ने भएकाले जनप्रतिनिधिहरूलाई प्रभाव परेको छ । सरकारको ध्यान यति जानुपर्ने जरुरी छ । राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ  हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा  १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरू अपनाउनुपर्ने हो।  त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’

समितिमा बोल्दै काँग्रेस नेता विमलेन्द्र निधीले नेपाली राहदानीमा राजनीतिक व्यक्तिहरूका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए । उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरूले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए । उनले नेपाली राहदानी बोकेर विदेश जाँदा सानो कुराहरूले रोकिदिने गरेको बताए । उनले वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन सक्ने बताउनु पर्ने बताए ।

उनले वर्तमान परिस्थिति अनुसार राहदानी विभागलाई पुँजी र प्रविधिको व्यवस्था सरकारले गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =