सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ : अच्युतप्रसाद मैनाली

काठमाडौँ । नेकपा (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले बारा जिल्लास्थित ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्विक महत्वको सम्पदाहरू फेला परेकाले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्व सम्पदा सूचिमा सूचिकृत गर्न उपयुक्त हुने उनको तर्क थियो । बुधवार प्रतिनिधिसभाको दोस्रो बैठकमा शून्य समयमा बोल्दै सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराए ।

उनले भने ‘बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्नेक्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर एक हजार वर्ष भन्दा पुराना पुरातात्विक सम्पदाहरू फेला परिराखेको छ । तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐन अन्तरगत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र, विश्व सम्पदा सूचिमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु ।’

सांसद मैनालीले सरकारले सो क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि पहलकदमी लिने काममा ढिलाइ गर्न नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =