काठमाडौँमा जगन्नाथ रथयात्रा (तस्बीरहरू)
२०८० असार ५ गते

काठमाडौँ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) को आयोजनामा काठमाडौँको कमलादी, जमल, भद्रकाली, न्यूरोड हुँदै वसन्तपुरसम्म रथ यात्रा निकालिएको छ ।
हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारतलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २७ औँ हो।
भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्दछ । चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वारपर, त्रेता र कली युगका रूपमा समेत हिन्दु धर्मावलम्बीहरूले मान्ने गरेका छन्।






२०८० असार ५ गते
प्रतिक्रिया
सम्बन्धित








