निर्घात कुटिएकाे मैले नै न्यायको भिख माग्नुपर्ने दुःखको कुरा : प्रेम चलाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत, काठमाडौँ पुगेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मङ्गलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौँ पुगेका केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् ।
धर्नास्थलमा  वैशाखी टेकेर पुगेका उनले घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए । उनले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए । उनले आफूलाई नसोधिकन मुद्दा फिर्ता लिइएको बताए ।
उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीले राजनीतिकरण गरेको बताए । उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए ।
उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =