संसद बैठकमा विवाद

लुम्बिनी : भारतले आफ्नो नक्सामा राख्यो, नेपाल सरकारले ‘प्रदेश ५’ लेख्यो

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । शहरी विकास मन्त्रालयलले सांसदहरुलाई वितरण गरेको विनियोजन विधेयक विषयको पुस्तकमा ‘लुम्बिनी प्रदेश’को नामको साटो प्रदेश ५ उल्लेख गरिएपछि संसदमा विवाद उत्पन्न भएको छ । उक्त मन्त्रालयले ल्याएको पुस्तकको झण्डै ५० ठाउँमा ‘लुम्बिनी’ नामको साटो प्रदेश ५ उल्लेख गरिएको भन्दै विपक्षी दलका सांसदहरु सूर्य थापा, छविलाल विश्वकर्मालगायतले आपत्ती जनाएका हुन् ।

‘भारतले अखण्ड भारतमा लुम्बिनी समावेश गर्ने अनि नेपालमा शहरी विकास मन्त्रालयले प्रदेश ५ लेख्ने यो कस्तो संयोग हो,’ एमाले सांसद सूर्य थापा क्षेत्रीले भने, ‘यो सच्याएर नल्याएसम्म उक्त मन्त्रालयअन्तर्गतको छलफल अघि बढ्दैन ।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसदमा वितरण गरेको पुस्तकमा प्रदेशहरुको नामको साटो क्रम संख्या लेखेर ल्याएर त्रुटी गरेको थियो । उक्त त्रुटी सच्चाएर संसदमा पुनः उक्त पुस्तक वितरण गर्नुपर्नुपर्नेमा प्रदेशको नामै उल्लेख नगरी पुनः छापेर ल्याइएको थियो ।

‘सायद कोशी प्रदेशको नाम चित्त नबुझेकोले संस्कृति मन्त्रीले प्रदेशको नाम उल्लेख गर्नुभएन,’ सांसद थापाले भने, ‘प्रदेश सभाको दुईतिहाई सांसदले राखेको नाम कानुन अनुसार वैध छ । उक्त नाम फेर्ने अधिकारी मन्त्रीलाई छैन । छलफल अघि बढ्दैन ।’

विवाद भएपछि सभामुख देवराज घिमिरेले संसद वैठक १५ मिनेका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *