विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही छैन : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन् । उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्ट्याएको भएपनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताए । उनले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरण अन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरण नेपाल सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्तिकेन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकि ऊर्जामा झन्डै ६० अर्बजति पैसा छ कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झन्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताब लेख्नै नहुने ? शीर्षक अनुसार गतिविधि सांसदहरूले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत प्रसारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरू । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरू किन उठाउन पहल भइराखेको छैन ? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने ? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरूलाई सेवा गर्ने । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ ।’
उनले प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए । प्राधिकरणले व्यापारिक घरानाहरूलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रसारण गर्न नसकेको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =