ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु, १० जना बेपत्ता

ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले आइतबार बताएका छन्।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीपछि १० जनाको मृत्यु भएको छ भने अन्य १० जना हराइरहेका अधिकारीले बताए।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। उनीहरूले शक्तिशाली हावाहुरीले एउटा कार चिहानमा बगाएको फुटेज प्रसारण गरेका थिए।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भने, ‘घरभित्र हाम्रो कम्मरसम्म पानी आयो। अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले। यसका लागि हामी ईश्वरप्रति आभारी छौँ।’

उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताए। अन्य लाई हेलिकप्टरबाट बाहिर निकालिएको छ।

बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण तीन हजार ७१३ जनाको घर क्षतिग्रस्त भएको र उनीहरूमध्ये ६९७ जनालाई जोखिममा रहेका क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =