ह्वावे र आइएफएनबीच डिजिटल नेपाल कन्क्लेभ २०२३ सम्बन्धी सम्झौता  

काठमाडौँ । ह्वावे  र आइसिटि फाउन्डेसन नेपाल (आइएफएन) ले आगामी साता ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने सम्बन्धमा सहकार्य गरेका छन् ।

कार्यक्रमको उद्देश्य नीति निर्माताहरू, उद्योग विशेषज्ञहरू, विचारधाराहरूका साथै विभिन्न इकोसिस्टम साझेदारहरूलाई एकै ठाउँमा ल्याएर राम्रो र डिजिटल रूपमा सक्षम नेपाल निर्माणका लागि छलफल गर्नु रहेको छ ।

ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले सम्बन्धित संस्थाको तर्फबाट हस्ताक्षर गरेका छन् । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ ।

कार्यक्रम असार ८ र ९ गते सोल्टी होटल काठमाडौँमा हुनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरूको सहभागिता रहनेछ । ‘डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रूपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससँग सम्बन्धित आवश्यक नीति नियमहरू र तिनको कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रि–इभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४/० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा सुरु गरिएको एउटा कार्यक्रम हो ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल काँग्रेस (एमएनसी) आयोजना गर्नेछ ।

ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रूपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरू, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रूपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

ह्वावेले मोबाइल नेपाल काँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तीव्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान हुने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *