प्राकृतिक विपत्तिका खबरले प्रधानमन्त्री दुखी, उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । पूर्वको ताप्लेजुङ, सङ्खुवासभालगायतका जिल्लामा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीले दुःख व्यक्त गरेका हुन् ।

उनले बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित दिए । ‘देशका विभिन्न जिल्लामा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ-आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *