कोशी प्रदेशको बजेट : प्रदेश सभा सदस्यलाई १ अर्ब ५० करोड

विराटनगर । कोशी प्रदेश सरकारले सांसद विकास पूर्वाधार कार्यक्रमको लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ ।

संघीय सरकारले छुट्याएको बजेटमा विवाद भईरहेको बेला कोशी प्रदेश सरकारले पनि त्यही प्रकृतिको सांसद विकास क्षेत्रको नाममा बजेट छुट्याएको हो ।

प्रत्यक्ष प्रदेश सभा सदस्यलाई दुई करोड र समानुपातिक प्रदेश सभा सदस्यलाई एक करोड पाउनेगरि रकम बिनियोजन गरेको हो ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट सार्बजनिक गर्दै प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमकोलागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन् ।

छुट्याइएको बजेट सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा पुल, बाटो तथा अन्इ विभिन्न पूर्वाधार निर्माणमा खर्च गर्न पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *