रास्वपा सांसद कंसाकारको प्रश्न– जलनको उपचार सरकारले किन नगरेको ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विन्दवासिनी कंसाकारले जलन अपराधको घटनाले चर्चा पाउने समाचार बन्ने भएपनि यसको बारेमा सदन र सरकारले चासो नदिने बताएकी छन् ।

बिहीबारको प्रतिनिधसभा बैठकमा पहिलोपटक संसद्लाई सम्बोधन गर्दै उनले नेपालमा सीमित जलन अस्पताल मात्र भएको भन्दै अस्पतालहरूमा जलन उपचार कक्ष किन नराखेको भन्दै प्रश्न गरिन् । गरिबले जलन भोग्ने भएकाले आर्थिक घाटा हुने बुझेर जलनको उपचार सरकारले नगरेको हो भन्दै उनले प्रश्न थपिन् ।

“मैले तेजाब जलनको अनुभव गरेको छु । यो अमानवीय क्रुर अपराधले गर्ने हानी, यसले दिने पीडा सबै बुझेको छु,“ उनले भनिन्, “गरिबले जलन भोग्ने भएकाले आर्थिक घाटा हुन्छ भन्ने बुझेर जलनको उपचार सरकारले नगरेको हो ?“

उनले जलन उपचार कोषको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले सरकारले उपचारमा क्यान्सर र मृगौला रोगीजस्तै अरू रोग सरह उपचार कोष स्थापना गर्न माग गरिन् । सांसद कंसाकारले आगामी आर्थिक वर्षको बजेटमा कोष स्थापना गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =