कोशी प्रदेश प्रमुखद्वारा बजेटसम्बन्धी दुई अध्यादेश जारी, आजै बजेट प्रस्तुत गरिँदै

विराटनगर । काेशी प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याउने सरकारकाे सिफारिसमा प्रदेश प्रमुखले  दुई अध्यादेश प्रमाणीकरण गरेका छन् ।

प्रदेश सभाकाे अधिवेशन बुधारबाट अन्त्य भएसँगै कोशी प्रदेशको आगामी आर्थिक वर्षको बजेट अध्यादेश मार्फत ल्याउन बाटो खुलेको हो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दुई अध्यादेश प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० प्रमाणीकरण भएको हाे ।नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयमा पुगेको अध्यादेश प्रमाणीकरण भएको हो ।

अध्यादेश प्रमाणीकरण भएसँगै कोशी प्रदेश सरकारले आज दिउँसो बजेट सार्वजनिक गर्ने भएको छ।

आज दिउँसो ४ बजे मुख्यमन्त्रीले अध्यादेश मार्फत ल्याइएको बजेट सार्वजनिक गर्न लागेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *