तोडफोडविरूद्ध नेपाल मेडिकल कलेजका चिकित्सकद्वारा बहिरंग सेवा बन्द
२०८० जेठ ३१ गते

बिरामीका आफन्तले तोडफोड गरेको विरोधमा काठमाडौँको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजका चिकित्सकहरूले बहिरंग सेवा (ओपिडी) बन्द गरेका छन्।
प्रशासनमा गरिएको तोडफोडका कारण शान्ति सुरक्षामा बाधा पारेको कारओ नियमित अस्पताल सेवा सञ्चालन हुन नसक्ने कुरा अस्पतालको जारी विज्ञप्तिमा उल्लेखित छ । साथै यस घटनामा संलग्नहरूलाई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सी बाहेक सम्पूर्ण सेवा बन्द गर्ने उनीहरूले बताएका छन् ।
अस्पतालका इन्चार्ज दिलिप शाहका अनुसार गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्ण कुमार धिताल पत्थरीको अपरेशनका लागि जेठ २८ गते अस्पतालमा भर्ना भएका थिए। अपरेशन गर्न धितालको धेरै रक्तश्राव भएको थियो। त्यसपछि बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको उनले बताए ।
भेन्टिलेटरमा राख्नुपर्ने भएपछि बिरामीका आफन्तलाई चित्त नबुझेको भन्दै गुनासो समेत गरेका थिए। गुनासोसँगै उनीहरूले कानुनी प्रक्रिया अघि बढाउने समेत बताएका थिए। तर मङ्गलवार साँझ भने बिरामीका आफन्तहरूले अस्पताल परिसरमा तोडफोड गरेको, कर्मचारीहरूमाथि कुटपिट, अपशब्द बोलेर धम्की समेत दिइएको उनले बताए।
कानुनी प्रक्रिया अपनाउने बाटो हुँदा पनि आपराधिक गतिविधिमा संलग्न हुनु अत्यन्तै दुःखद भएको भन्दै नेपाल चिकित्सा सङ्घ पनि विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा घटना निन्दनीय र भ्रत्सना योग्य भएकाले घटनामा संलग्नलाई कारबाही गर्न सङ्घले माग गरेको छ।
२०८० जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








