चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु हुँदैन : मन्त्री साउद

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रूपमा लिनु नहुने बताएका छन् ।
मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले चित्रहरू विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताए । उनले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए । उनले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताए ।
उनले भने  ‘नेपाल सरकारले कलाकारहरूलाई सम्मान अन्तरहृदयबाट दिन्छ । त्यसलार्य अभिव्यक्त गर्दा कहिलेकाहीँ ढंग नपुगेको जस्तो देखिन्छ । मानिसले चित्रहरू विलासिताका वस्तुहरू हुन् भन्छ, तर चित्र विलासिताको वस्तु होइन, यी सिर्जनाका कुरा हुन् । चित्र युगका प्रतिबिम्ब हुन् । हाम्रो युगलाई यिनै चित्रमा हेरेर भावी पीढीले हाम्रो मूल्याङ्कन गर्नेछ ।’
परराष्ट्र मन्त्री साउदले चित्र मनका भावहरूको अभिव्यक्ति भएको बताए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =