कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताएका छन्।

नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आज आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उनले कांग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताए। आशाले मान्छे बाँचे जस्तै कांग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने उनको भनाइ थियो।

देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा कांग्रेस रहेको बताउँदै उनले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =