अर्थतन्त्रको समस्या बजेटले चिनेन : उपाध्यक्ष पौडेल
२०८० जेठ २९ गते

फाइल फाेटाे
काठमाडौँ । नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
सोमवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन् । उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे । त्यस्तै देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरू पनि बजेटमा नभएको उनको भनाइ छ ।
उनले बजेट हावादारी भएको बताए ।
उनले भने ‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन । समस्या समाधानका विकल्पहरू, दृष्टिकोणहरू दिन सकेको पनि छैन । स्रोतको प्रस्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन । त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन । सरकारलाई चिन्ता छैन । हामी सबै स्पष्ट छौँ । यो कार्यान्वयन हुने बजेट होइन । चुनौतीको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ ।’
उनले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताए ।
२०८० जेठ २९ गते
प्रतिक्रिया








