इप्पानको नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्कीको प्यानल घोषणा भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरिएको हो ।

कार्यक्रममा अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन कुमार डाँगी, उपाध्यक्षमा आशिष गर्ग, भरतबहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरूमा भरत खड्का ,विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल छन् । कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्तको उम्मेदवारी घोषणा भएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले प्रधानमन्त्रीको भारतभ्रमणपछि देश ऊर्जामय बनेको बताए । उनले आगामी दिनमा आफूहरूले संसदमा पेस भइसकेको विद्युत् ऐनका बारेमा सुझावहरू दिनुपर्ने आवश्यक्ता देखिएको बताए ।

उनले सरकारले काम नगर्ने र लगानी गरेका लगानी कर्तालाई मारमा पार्ने काम भइरहेको गुनासो गरे । सरकारका कारणले काम नहुँदा कतिपय विद्युत् योजनाहरू खारेज भइरहेको समस्या भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराए । बत्ती बलेका प्रोजेक्टहरू ट्रान्समिसन लाइन नभएका कारण जोड्न नपाएको गुनासो गरे ।

उनले भने ‘अहिलेसम्म हामीले थुप्रै दुःखहरू झेल्दै आयौँ । तर अहिले प्रधानमन्त्रीको भारत भ्रमणपछिको कुरालाई हेर्दा देश ऊर्जामय जस्तो भएको छ । वर्तमान सरकारले पनि ऊर्जामय भनिरहेको बेलामा इप्पानका पदाधिकारीलाई पनि भिजिटमा समावेश गरेका कारणले ऊर्जालाई विशेष महत्त्व दिइएको छ । हामीले गर्नुपर्ने धेरै कुराहरू छन्, विद्युत् ऐन संसदमा पेस भइसकेको छ, त्यसका लागि थुप्रै सुझावहरू दिनुपर्नेछ, हामीले केही पटक छलफल पनि गरेका छौँ । हामीले प्रोजेक्ट बनाइसकेपछि, लाइसेन्स लिइसकेपछिदेखि लिएर मन्त्रालयमा त्यत्तिकै समस्या छन् । वनले १० वर्षसम्म पनि स्वीकृत नदिएर ड्किएका छन्, सरकारका कारणले काम हुँदैन, हाम्रो प्रोजेक्टहरू खारेज भएर करोडौँ पैसा खोलामा बगिरहेको छ । भूमिका आफ्नै समस्या छन् । हिजो हामीले धेरै प्रोजेक्टले ८, ९ प्रतिशत कतिले ७ प्रतिशतमा पनि गरिरहेको थियो । अहिले त १५ प्रतिशत ब्याजमा त्यसको फाइनान्सियल प्रोजेक्शन कस्तो हुन्छ होला, त्यसको बारेमा कुरा गर्नुपर्नेछ । अहिले हामीले १५ प्रतिशत पीपीए गर्ने भनेका छौँ, कुनैपनि बैंकहरुले पैसा दिने स्थितिमा छैन । त्यो भयो भने अबका प्रोजेक्टहरू बन्छ की बन्दैन ? के हुन्छ? १५ सय मेगावाट पीपीए खोल्ने भन्यो तर ११ हजार मेगावाट पीपीएको पखाईमा बसेका छन् । कहिलेसम्म पर्खिने हो रु सबैभन्दा ठूलो समस्या यो छ । बत्ती बलेका प्रोजेक्टहरू ट्रान्समिसन लाइन नभएका कारण जोड्न पाएनौँ ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले इप्पानलाई व्यवस्थित गर्न नसके आउने दिनमा नेपालले ठूलो चुनौती भोग्नुपर्ने बताए । उनले देशको व्यापार घाटा कम गर्न जलविद्युत क्षेत्रलाई व्यवस्थित र बिस्तार गर्नुपर्ने बताए । उनले भने ‘इप्पानलाई व्यवस्थित गर्न नसके आउने दिनमा नेपालले ठूलो चुनौती भोग्नुपर्नेछ । देशको व्यापार घाटा निमिट्यान्न बनाउन जलविद्युत नै मुख्य माध्यम हो । यसलाई उत्पादन र प्रवद्र्धन गरी उपभोग गर्नुपर्छ । बैंकको मुख ताकेर बस्नु हुँदैन, नियम कानुन बनाएर जनताको लगानीमा आईपीओ कम्पनी शुरुमै गर्नसक्ने नियम बनाऔँ । रुग्ण जलविद्युत परियोजनालाई पनि समेट्ने गरी केही कार्य गरोस् ।’

अध्यक्ष मल्लले रुग्ण जलविद्युत परियोजनालाई पनि समेट्ने गरी इप्पानले काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =