मधेशमा अत्यधिक गर्मी (तस्बिरहरु)

जनकपुरधाम । गर्मीले मधेशको जनजीवन नराम्ररी प्रभावित बनेको छ । शहर बजारमा समेत मानिसको चहलपहल ह्वातै घटेको छ । खुल्ला आकाश मुनी मजदुरी गर्ने मजदुरहरू सबभन्दा बढी समस्यामा देखिन्छन् ।

केही दिनदेखि मधेशका जिल्लाहरूको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । बिहान करिब १०/११ बजेपछि तातो चल्छ भने, घरबाट बाहिर निस्किनै मुस्किल हुन्छ ।

घामबाट बच्न टाउकोमा गम्छा (लुगा) राखेर साइकलमा यात्रा गर्न बाध्य देखिन्छन् मानिसहरू । सडक पेटीमा चप्पल जुत्ता मर्मत गर्ने, सतु बेच्ने, ठेलामा आँप बेच्नेहरू घामबाट जोगिन छाता ओढेको देखिन्छन् ।

बजार आउनेको संख्या घटेपछि जनकपुरधामस्थित राम मन्दिर अगाडी फूल बेच्न छाता ओढेर बसेका एक मालीले कारोबार नै ठप्प भएको सुनाए । उनले भने- तर के गर्नु! कोही आयो भने २/४ रुपैयाँ आम्दानी भइहाल्ने आशले खपिन सक्नु गर्मीमा पनि बसेको छु ।’

वर्षा नहुँदा किसानहरू समेत चिन्तित बनेका छन् । धानको बीउ खेत सुक्न थालेको किसानहरू बताउँछन् । यो वर्षको मोसमले खडेरी पर्ने चिन्ताले किसानलाई सताएको छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *