च्याम्पियन्स लिगको च्याम्पियन बन्न सिटी र इन्टर भिड्दै

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति म्यानचेस्टर सिटी र इन्टर मिलान खेल्दै छन् ।

च्याम्पियन्स लिगको फाइनल खेल टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।

म्यानचेस्टर सिटी यस सिजनको एफए कप र प्रिमियर लिग जितेर उच्च आत्मविश्वाससहित च्याम्पियन्सलिग फाइनल खेल्दै छ । सिटीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सिटी यसअघि २०२१ मा फाइनलमा पुगेर चेल्सीसँग पराजित हुदै उपविजेता बनेको थियो । त्यस्तै २०२२ मा भने क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडसँग पराजित हुदै बाहिरिएको थियो ।

अर्को तर्फ इन्टर मिलान भने यस सिजनमा सिरी एमा तेस्रो स्थानमा र कोपा इटालियाको उपाधि जितेर २०१० पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दै छ । इन्टर मिलानले अहिलेसम्म ५ फाइनल खेलेकोमा तीन पटक उपाधि जितेको छ । इन्टरले १९६४, १९६५ र २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै १९६७ र १९७२ मा उपविजेता बनेको थियो ।

म्यानचेस्टर सिटी प्रशिक्षक पेप गोआर्डीओलाको कुटिल रणनीति र अहिलेका उत्कृष्ट खेलाडीसहित सिटी इन्टर मिलानमाथि हावी हुन सक्ने अनुमान गरिएको छ । इर्लिंग हालाण्ड, इके गुनडोगान जस्ता फरवार्डले सिटीलाई बलियो देखाउछ । त्यस्तै ज्याक ग्रीलिश, केभिन डि ब्रुने जस्ता खेलाडीले मिडफिल्डमा सिटीलाई बलियो देखाउछ । त्यसैगरी कीले वाल्कर, जोन स्टोन, रुबेन डायज र नाथन आके जस्ता डिफेन्डरले विपक्षीको आक्रमणलाई निस्तेज पार्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । त्यसैगरी अर्को तर्फ इन्टर मिलान लाउतारो मार्टिनेज, एडिन डिजेको रोमेलु लुकाकु जस्ता खेलाडीसहित मैदानमा उत्रिने देखिन्छ । त्यसैगरी मिडफिल्डमा हेनरिख मखीतारयन, निकोलो बरेला जस्ताखेलाडीले मिडफिल्ड सम्हाल्ने देखिन्छ ।

दुवै टिमको टिमको समीकरण हेर्दा म्यानचेस्टर सिटीको आक्रमण र इन्टर मिलानको डिफेन्सको खेल रोचक हुने देखिन्छ ।

म्यानचेस्टर सिटीका प्रशिक्षक गोआर्डीओलाले इटालियन टिमसँगको फाइनल खेल सजिलो नहुने टिप्पणी गर्दै च्याम्पियन्स लिगको फाइनलमा पुगेपछि खुशी हुनुपर्ने बताएका छन् । उनले सेमिफाइनलको खेल हेर्दा फाइनल खेल प्रतिष्पर्धी हुने देखिन्छ भन्दै आफुहरु फाइनलक लागि तयार भएको बताएका छन् ।

त्यसैगरी इन्टर मिलानका प्रशिक्षक सिमोने इन्जाघीले आफुहरुको फाइनलसम्मको यात्रा निकै रोचक रहेको बताउदै उनले सेमिफाइनलमा मिलान डर्बी जित्नु निकै सन्तोषको विषय भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *