टोपबहादुरका वकिलले उनलाई मुछ्ने टेकनाथको मानसिकता ठिक छैन भने

पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीका वकिलले टेकनाथ रिजालको मानसिकतामाथी प्रश्न उठाएका छन्।

पूर्वमहान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमेश बडालले रायमाझीलाई नक्कली शरणार्थी प्रशरणमा मुछ्ने सहप्रतिवादी शरणार्थी नेता टेकनाथ रिजालमा मानसिक समस्या रहेको इजलासमै बताए।

शुक्रबार बहस गर्ने क्रममा उनले रिजालको माइण्ड ठिक नभएकाले उनको कुरा नपत्याउन न्यायाधीशलाई आग्रह गरे।

प्रहरीले पक्राउ गरेपछि बयानका क्रममा रिजालले टोपबहादुर रायमाझीको पनि नाम पोलेका थिए। जसलाई अभियोगमा टोपबहादुरविरुद्धको प्रमाणका रुपमा लिइएको छ।

रिजालले नै टोपबहादुर रायमाझी योजनाकार नै रहेको बयान दिएका थिए।

भुटानमा जेल बस्दा उनको माइन्ड कन्ट्रोल गरेको र अझै पनि कन्ट्रोल भइरहेको बडालले बताए। जसलाई बडालले रिजालको किताबलाई नै आधार बनाउँदै बहस गरेका थिए।

टोपबहादुरको पक्षमा १० जना वकिलले बहस गरेका छन्। उनी निर्दोष रहेको दाबी गर्दै साधारण तारेखमा राखेर मुद्दाको अन्तिम किनारा लगाउन माग गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *