पोखरामा ३० वर्षयताकै सबैभन्दा गर्मी

पोखरा । पोखरामा बिहीबार ३५.७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो तापक्रम ३० वर्ष यताकै बढी हो ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार पोखरामा २०७९ असार ३१ र २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो । पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा ३७.४ डिग्री पुगेको थियो ।

त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । केही दिन देखी देशभर अचाक्ली गर्मी बढेको छ । अझै केहिदिन यस्तै गर्मी रहिरने मौसमविज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *