प्रधानमन्त्री दाहाल सत्ता टिकाउने खेलमा मात्रै लागेकाे बर्तौलाको आरोप
२०८० जेठ २६ गते

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको उनको जिकिर थियो । शुक्रवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको दोहोर्याए ।
उनले भने ‘आज प्रधानमन्त्रीको ध्यान पनि जनताको विषयमा होइन, देशको विषयमा होइन । देशको हितमा होइन । विदेशी प्रभुहरू रिझाउने, सत्ता टिकाउने । अनि, व्यक्तिव्यक्तिका पछिपछि लागेर हिँड्ने तर देशको पक्षमा काम नगर्ने प्रवृत्ति सरकारमा छ । उद्योग क्षेत्रको प्रवर्धन गर्न सरकार लाग्नु पर्छ नै ।’
सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








